मध्यराति खरिद निर्णय, किन ?

केही दिनअघि कोरोनाविरुद्ध सरकारका नीति-निर्णयबारे पत्रकारले जिज्ञासा राख्दा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पन्छिँदै भने, ‘घरमा पाहुना छन्, आज नबोलौं।’ सर्वसाधारणले ठाने- जस्तै विपद्‍मा पनि स्वास्थ्य मन्त्रालयचाहिँ घाम ढल्किनासाथ सुत्ने रहेछ। तर, लगत्तै त्यही मन्त्रालयका कर्मचारीले करोडौंको खरिद निर्णय भने मध्यराति भ्याइदिएका छन्। त्यो पनि ऐन-नियम उल्लंघन गरेर।

कोरोना महामारीले विश्व घेरिसकेको थियो। विश्व स्वास्थ्य संगठनले नेपाललाई अति जोखिमको सूचीमा राखेको थियो। स्वास्थ्य मन्त्रालय भने उपचार प्रबन्ध, पूर्वाधार र अत्यावश्यक सामग्री जोहोमा नलागी चुपचाप बसिरहेको थियो। अन्तिम घडी ‘अत्यावश्यक’ प्रावधान लगाएर ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल (ओब्की)सँग सोझै खरिद सम्झौता गर्‍यो।

उसले अत्यन्त महँगो मूल्यमा गुणस्तरमा भरोसा गर्न नसकिने सामग्री ल्याउन थालेको जब खुल्यो, पहिलो लटको ढुवानीलगत्तै मन्त्रिपरिषद्ले सम्झौता रद्द गर्‍यो। र, जीटुजी विधिबाट नेपाली सेनामार्फत ल्याउने निर्णय गर्‍यो।

प्रकाशित मिति: : 2020-04-14 08:01:05

प्रतिकृया दिनुहोस्