सनसिटीका ३ सयभन्दा बढीको र्‍यापिड टेस्ट नेगेटिभ, अपार्टमेन्टबासी भन्छन्- केही हदसम्म खुसी छाएको छ

नेपालन्यूज

काठमाडौं

उमेश दाहाल

काठमाडौं पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका ३ सयभन्दा बढीमा गरिएको र्‍यापिड टेस्टको नतिजा नेगेटिभ आएपछि अपार्टमेन्टबासीले त्रास घटेको बताएका छन्।

मंगलबार अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अपार्टमेन्टबासी तथा अपार्टमेन्ट आसपास बस्ने स्थानीय त्रसित बनेका थिए। बुधबार र्‍यापिड टेस्ट गर्दा अपार्टमेन्टमा बस्ने कसैको पनि रिजल्ट पोजेटिभ देखिएन।

१ हजार ५ सयको बसोबास रहेको सनसिटी अपार्टमेन्टको ‘ए ब्लक’मा बस्दै आएका एकै परिवारका तीनजनाको र्‍यापिड टेस्ट गर्दा मंगलबार कोरोना पोजेटिभ देखिएको थियो। टेकू अस्पतालमा पिसिआर गर्दा दुई जनामा संक्रमण पुष्टि भइसकेको छ भने एकजनाको रिपोर्ट अझै आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

उनीहरू बेलायतबाट चैत ५ गते कतार एयरवेजमार्फत् नेपाल आएका थिए। र्‍यापिड टेस्टमा पाजेटिभ देखिएपछि पिसिआर परीक्षणका लागि उनीहरुलाई पाटन अस्पतालमा भर्ना गरिएको थियो।

प्रकाशित मिति: : 2020-04-15 19:01:05

प्रतिकृया दिनुहोस्