शेर्पाको नाममा गैरकानुनी रकम असुल्दै ट्रेकिङ कम्पनीहरु (नामावलीसहित)

नेपालन्यूज

काठमाडौँ

कोरोना भाइरसको कारणले हिमाल बन्द हुँदा शेर्पा र उनका परिवारले खान र लगाउन नपाएको गतल प्रचार गर्दै ट्रेकिङ कम्पनीहरुले संसारभरि गैरकानुनी रूपमा रकम असुल गरेको पाइएको छ। 

नेपालीहरू संलग्न रहेको विदेशी कम्पनीदेखि नेपालमै दर्ता भएको ट्रेकिङ कम्पनीहरूले खुलेआम शेर्पाका लागि रकम सहयोग गर्न अपिल गरेर रकम संकलन गर्दै आएक पाइएको छ ।

ती कम्पनीहरुले शेर्पा र उनका परिवार हिमालमा काम गर्न नपाए बाँच्न नसक्नेजस्ता गलत प्रचार गरेको छ। विश्वमै फैलिरहेको कोराना भाइरसको महामारीका कारण नेपालको पर्यटन क्षेत्र प्रभावित भए पनि शेर्पाहरुको अवस्था त्यस्तो नरहेको नेपाल शेर्पा संघले जनाएको छ । संघका महासचिव लाक्पा शेर्पाले शेर्पाको बदनाम गरेर रकम संकलन गर्नु गैरकानुनी भएको बताए । यदि कसैले रकम संकलन गर्छ भने त्यसको वितरण प्रणाली प्रभावकारी हुनुपर्ने उनको भना छ ।

प्रकाशित मिति: : 2020-04-16 15:41:56

प्रतिकृया दिनुहोस्