कोरोना भाइरसको समयमा धर्ममा आश्रय लिनुहोस्

नेपालन्यूज

काठमाडौँ

सारा सि बिस्ली

कोभिड-१९ को महामारीको यस्तो समयमा हामी आफ्नो दिमागलाई माया प्रेमको शरणमा लग्छौँ। आफ्नो कुलपरम्परा र गुरुअनुसार हामी देवताको शरणमा पर्छौँ।

यसरी शरणमा पर्दा दुईवटा कुरा महत्त्वपूर्ण हुन्छ। हामी डर, क्रोध, अज्ञान र मनमा भएको नराम्रा भावनाबाट यसरी आश्रय लिन्छौँ- बुद्ध, धर्म र संघमा, अनि त्रिरत्नकै प्रतीक गुरुमा।

यसरी आश्रय लिने सबैभन्दा उत्तम समय अहिले हो। यस्तो विश्वव्यापी महामारी फैलिएको अवस्थामा हाम्रो मानव मन आफ्नो र आफन्तको जीवनका लागि डराउनु स्वाभाविक हो। तर साँचो सुरक्षा हाम्रो विचारमा र अरूप्रतिको दयाभावमा छ। अस्वस्थता र स्वस्थता, आशा र डर, जीवन र मृत्युबाट टाढा रहेर मनलाई सन्तुलित बनाउन हामी अपरिवर्तनीय र सही मार्गमा लाग्नुपर्छ। यसबाहेक आफ्नो जिउधनको सुरक्षाको आधारभूत नियम पालना गर्नु आवश्यक हुन्छ।

प्रकाशित मिति: : 2020-04-18 06:41:10

प्रतिकृया दिनुहोस्