यो आँसु बेचेको होइन : किन रुनु हर्कबहादुर र सुपकला

नेपाल लाइभ

काठमाडौँ

ऋग्वेद शर्मा/शिव बोहरा

शुक्रबार दिउँसो रोल्पा जान हिँडिरहेका देवराज, अजवीर र हर्कबहादुर पाँचखालबाट थानकोट पुगेका थिए। त्यतिबेरै सप्तरी जान काठमाडौंबाट हिँडेका सुपकला, भुपनारायण र सविनकुमार बनेपामा थिए। सँगै थिए- उदयपुर हिँडेका उपेन्द्र र अघिपछि अरु धेरै। 

सयौँ किलोमिटर किन पैदल हिँडिरहेछन् यी श्रमिकहरु? अप्ठ्यारो समयमा यिनीहरुलाई सबैभन्दा ठूलो आश हुने सरकार यतै देखिन्छ। उनीहरुले भोट दिएका ‘ठूला नेता’ यतै कतै छन्। परिवर्तनका लागि सँगै लडेकाहरु पनि यहीँ छन्। आश गरेर, काम देखेर आएका यिनीहरु विपदमा किन भागिरहेछन् राजधानी नै छाडेर? 

प्रकाशित मिति: : 2020-04-18 15:58:06

प्रतिकृया दिनुहोस्