पर्सागढी नगरपालिकाले ६ नम्बर वडामा पठाएको राहत सामग्री बाटाेमै लुटियाे

पर्साका विपन्न परिवाका लागि लैजाँदै गरेको राहत समग्री बिच बाटोमै लुटिएको छ। लकडाउनका कारण प्रभावित भएको विपन्नका लागि पर्सागढी नगरपालिकाले वडा नम्बर ६ मा पठाएको राहत सामग्री बाटाेमै लुटिएको हो। 

वडा नम्बर ६ का लागि भनेर लैजाँदै गरिएको ती राहत सामग्री वडा नं. ५ मा लुटिएको सशस्त्र प्रहरीको उच्च स्रोतले बिएल नेपाली सेवालाई बताएको छ। ६ नम्बर वडा पुग्नुअघि नै बाटोमै राहत सामग्री बोकेको सवारी साधनलाई अवरोध गरेर केही व्यक्तिले लुटेर लगेको उच्च स्रोतले बताएको छ । 

घटनास्थलमा सशस्त्र र नेपाल प्रहरी पुगेको छ। थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: : 2020-04-18 18:34:46

प्रतिकृया दिनुहोस्