ओम्‍नीको भुक्तानीमा लेखाको‌ असहमति

 

सुरेन्द्र काफ्ले

विवादास्पद ओम्नी ‌विजनेश कर्पोरेट इन्टरनेसनल प्रालिलाई‌ भुक्तानी दिन स्वास्थ्य सेवा विभागका लेखा अधिकृत‌ दिवाकर घिमिरेले असहमति‌ जनाएका छन्। विभागका महानिर्देशक ‌महेन्द्रप्रसाद ‌ श्रेष्ठको‌ निर्देशनलाई‌ उनले इन्कार गरेका छन्।

ओम्नीलाई‌ भुक्तानी ‌दिन उपप्रधानमन्त्री ईश्वर ‌पोखरेलसम्मको‌ दबाब परेको छ।‌ ओम्नीले आफूले‌ ल्याएको सामानवापत २८ करोडको दाबीसहितको पत्र‌ विभागमा‌ पठाएको छ। सम्झौता ‌अनुसार ओम्नीले‌ स्वास्थ्य सामग्री ‌नल्याएको‌ भन्दै भुक्तानी दिन नसकिने राय दिएपछि विभागका तत्कालीन ‌लेखा प्रमुख ‌केशव प्रसाईंलाई कारागार‌ महाशाखा सरुवा गरी घिमिरेलाई‌ ल्याइएको हो।

प्रकाशित मिति: : 2020-04-20 07:12:01

प्रतिकृया दिनुहोस्