कोरोना भाइरसले कसरी गराउँछ मृत्यु ?

नेपाल लाइभ

काठमाडौँ

अमेरिकाको क्यालिफोर्नियास्थित टुलेन विश्वविद्यालय मेडिकल स्कुलमा फोक्सो एवं क्रिटिकल केयर फिजिसियन जोसुवा डेनसनले २० बेडको आइसीयुमा हालै दुई जना सिजर (कम्पन), केही श्वास फेर्न नसक्ने स्थिति (रेस्पिरेटरी फेलर)का र केही मिर्गौलाका बिरामी (किड्नी फेलर) हेरिन्। त्यसको केही  दिनअघि मुटुको चाल  रोकिएकी एक युवतीलाई उनको टिमले सीपीआर (छाती थिच्ने पद्दति) दिएको थियो, जुन सफल हुन् सकेन। यी सबै बिरामीमा एउटै कुरा साझा थियो–सबै कोभिड पोजिटिभ थिए। 

कोभिडबाट संक्रमित हुने र मृत्यु हुनेको संख्यामा उल्लेख्य वृद्धि भएसँगै यसले कुन अंगमा के-कस्तो हानी गर्छ भन्ने पत्ता लगाउन डाक्टरहरु, खासगरी प्याथोलोजिस्टहरु निकै संघर्ष गरिरहेका छन्। उनीहरुले अहिले बुझ्दै आएका छन् कि कोरोना भाइरसको 'ग्राउण्ड जिरो' अर्थात आधार अंग फोक्सो भए पनि यसले दिमाग, मुटु, आन्द्रा, मिर्गौला र रक्तनलीसम्मलाई गाँज्न सक्छ। 

प्रकाशित मिति: : 2020-04-23 09:40:54

प्रतिकृया दिनुहोस्