भारतीय संगीतकी नक्षत्र गायिका लता मंगेशकरले भारतमा बढ्दो कोरोना भाइरसको संक्रमणका कारण वार्षिक रूपमा आयोजना गर्दै आएको आफ्नो बुवाको पुण्यतिथिको कार्यक्रम रद्ध गरेकी छिन्।
लताका बुवा पण्डीत दीनानाथ मंगेशकरको शुक्रबार ७८ औं पुण्यतिथि थियो। उनले कोरोनाका कारण बुवाको पुण्यतिथि मनाउन नसकेकोमा दुःख व्यक्त गरिन्। आफ्नो बुवाको नाममा खोलेको दीनानाथ प्रतिष्ठानले यसपालि प्रीति पाटकरको प्रेरणा फाउन्डेशनलाई पाँच लाख र आफ्नो व्यक्तिगततर्फबाट १० लाख रुपैयाँ प्रदान गरेको उनले बताएकी छिन्।
९० वर्षीय आशाको जन्म इन्दौरमा भएको थियो। उनको बुवा पनि क्लासिकल म्युजिकका गायक थिए। उनले पनि थुप्रै नाटकमा अभिनय गरेका थिए। सन् १९४२ मा मुटुको व्यथाका कारण आफ्नो बुवाको निधन भएपछि लताले १३ वर्षको उमेरमा पहिलो गीत गाएकी थिइन। उनी भारतमा ‘क्विन अफ मेलोडी’ को उपनामले चर्चित छिन्। उनको हजारौं गीत हिट छ र ३६ वटा क्षेत्रीय भाषामा गीत गाएकी छिन्।
यसअघि लताकाे बुवाकाे पुण्यतिथिमा बलिउडका स्टार कलाकारकाे भीडभाड हुने गरेकाे थियाे।