पार्टी फोडौं भनेर सुरूमा प्रस्ताव गर्ने नै डा. सुरेन्द्र यादव हुन्: प्रदीप यादव [भिडियाे]

नेपालन्यूज

काठमाडौँ

देश कोरोना भाइरस संक्रमणको महामारीसँग लडिरहेको बेला पछिल्लो केही दिन यता नेपाली राजनीतिक वृत्तमा केही कुराहरू चर्चामा आयो। प्रधानमन्त्री ओलीले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेश, अध्यादेश जारी भइसकेपछिका घटनाक्रम चर्चामा रहे। बुधबार मात्रै राजपा र समाजवादी पार्टीबीच एकताको घोषणा भयो। तर, समाजवादी पार्टीका केही सांसदहरू पार्टी विभाजन गर्न लागेको समाचार पनि चर्चामा आयो। सांसद प्रदिप यादवको नाम पनि समाजवादीबाट छुट्टिएर जाने सूचीमा रहेको चर्चा चल्यो। यसै विषयमा केन्द्रित रहेर सांसद यादवसँग गरिएको कुराकानी।

पछिल्लो समयको राजनीतिक घटनाक्रममा तपाईंको नाम जोडिएर आयो। यसको कारण के हो?

नाम आउनुको कारण के हो भने पार्टी भित्र हाम्रो असन्तुष्टि थियो। हामी १०/११ जना सांसदहरूले एउटा समूह बनाएका थियौं। असन्तुष्टहरू भेला भएर एउटा समूह बनाएका थियौं। हाम्रो जुन पीडा छ, हाम्रो जुन दर्द छ र पार्टी भित्र हाम्रो विभिन्न ठाउँमा आलोचना भएको छ खासगरी पार्टी नेतृत्वबाट। त्यसलाई कसरी पार्टीलाई नेतृत्वप्रति दबाब दिन, पार्टीलाई कसरी सही ट्रयाकमा ल्याउने, पार्टीको नेतृत्वले जिल्लामा गएर अपमानित गर्ने गरेकोमा त्यसलाई नियन्त्रण गर्न समूह बनाएका थियौं।

प्रकाशित मिति: : 2020-04-24 20:56:20

प्रतिकृया दिनुहोस्