कष्टकर क्वारेन्टाइन : गुन्द्रीमाथि रात कट्छ !

धुलै धुलो चिसो भुइँमा ओछ्याइएको छ फाटेको गुन्द्री। त्यही गुन्द्रीमा पुरानो चादर ओढेर सुत्छन् तीन किशोर। 

यो हो, चन्द्रकोट गाउँपालिका–१ को वडा कार्यालयमा बनाइएको क्वारेन्टाइन। आफूले काम गर्ने होटल बन्द भएपछि चितवनबाट तीन दिन हिँडेर गाउँ आइपुगेका उनीहरूलाई यही क्वारेन्टाइनमा राखिएको छ।

गाउँपालिकाले कोरोना भाइरस नियन्त्रणका लागि बाहिरबाट आउनेहरूलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ। तर, क्वारेन्टाइनमा सुरक्षा होइन, बिरामी परिन्छ कि भन्ने चिन्ताले किशोरलाई पिरोल्ने गरेको छ।

‘भोकभोकै हिँडेर तीन दिनमा घर आयौं। गाउँपालिकाले घर जान नदिएर क्वारेन्टाइनमा राख्यो’, करण विकले भने, ‘दिनदिनै पानी परेर पुस–माघजस्तो चिसो छ। तर, चादर ओढेर गुन्द्रीमा सुत्दा निदाउन पाइएको छैन।’

प्रकाशित मिति: : 2020-04-25 22:53:39

प्रतिकृया दिनुहोस्