लकडाउन ठीक छ, सरकारको पूर्वतयारी के छ?

नेपालन्यूज

काठमाडौँ

मिनेश गुरुङ

हालको समयमा कोरोना भाइरसले नयाँ-नयाँ स्वरुपका साथ विश्व जगतमा आतंक सिर्जना गरिरहेको छ । विभिन्न तथ्य र तथ्यांकका आधारमा कोरोना सम्बन्धी गरिएका अड्कलबाजीहरु गलत साबित भएका छन्।

विश्व स्वास्थ्य संगठनले तय गरेको नीति निर्देशिकाहरु विपरीत यो भाइरसको स्वरुप बद्लिएको छ। नेपालमा कोरोना भाइरसको स्वरुप बडो अनौठो तवर देखापरेको छ।

नेपालमा गत माघ ९गते ३२ वर्षीय पुरुषमा पहिलोपटक कोरोना भाइरस देखियो। चैत दोस्रो हप्तादेखि देशको विभिन्न भागमा देखियो। सनसिटी अपार्टमेन्टमा बस्ने दुई व्यक्तिलाई २८ दिनपछि संक्रमण देखियो।

पछिल्लो क्रममा चैत ६ गते दुबईबाट नेपाल आएका एक युवाको बुवालाई वैशाख १२ गते अर्थात् ३७ दिनपछि पोजेटिभ देखियो। १४ दिनभित्र यसको प्रभाव र असर देखिने हुने विश्व स्वास्थ्य संगठनको निर्देशिकाले काम गरेन।

प्रकाशित मिति: : 2020-04-28 20:43:10

प्रतिकृया दिनुहोस्