जहाज भाडा महँगो भएपछि फर्किएनन् पर्यटक

प्रकाश ढकाल

स्कटल्याण्डबाट नेपाल घुम्न आएका किरन लकडाउनका कारण विगत डेढ महिनादेखि पोखरामै छन्। उनलाई परिवारको याद त आउँछ तर, कुनै चिन्ता छैन। उनको नेपाल भ्रमण चौंथो पटक हो। अनौैठो संयोग छ, नेपाल घुम्दाको। चारै पटक कुनै न कुनै नयाँ अनुभव लिएका छन् किरनले।

पहिलो पटक आउँदा राजपरिवारको खटपट थियो। दोश्रो पटक जनआन्दोलन र तेश्रो पटक आउँदा महाविनासकारी भूकम्प। यसपटक लकडाउन। यसपटकको भ्रमणका बेला लकडाउन भएपछि पोखराकै ताल किनारमा डुल्ने र विभिन्न देशका साथीहरूसँग गफगाफ गरेर दैनिकी बिताइरहेका छन्, किरनले।

‘म १५ वर्षको उमेरदेखि एक्लै छु। मेरो दाइ लण्डनमा हुनुहुन्छ। बुबा काजकिस्तानमा हुनुहन्छ, त्यहाँ पनि लकडाउन छ। उहाँहरू पनि लकडाउनमै हुनुहुन्छ,’ उनले भने, ‘उहाँको बारेमा मैले चिन्ता लिनुपर्दैन। म पनि ठीक छु। परिवारसँग म जतिबेला पनि अनलाइनमार्फत बोलिरहेको हुन्छु। साथीहरूसँग पनि कुरा हुन्छ। त्यसैले घरमै बसेको महसुस हुन्छ।’

आफ्नो पोखरा बसाइँ खुसीसाथ बितिरहेको उनले सुनाए। ‘पार्कमा जान्छु। फेवातालमा पौडी खेल्छु। सस्तोमा खान पाएको छु,’ किरनले अघि थपे, ‘मलाईथाहा छैन, लकडाउन कहिले सकिन्छ। कोरोना भाइरस रातारात बढिरहेको छ। पसलहरू खुलेपनि लामो दूरीका बसहरू चल्न सम्भव छैन। मसँग अझै केही पैसा छ। केही समय यही बस्न सक्छु।’

प्रकाशित मिति: : 2020-04-30 09:08:30

प्रतिकृया दिनुहोस्