कुवेतले नेपाललाई भन्यो- ४ हजार नेपाली कामदार छिटो फिर्ता लैजाऊ, सम्पूर्ण खर्च हामी व्यहोर्छौं

नेपालन्यूज

काठमाडौँ

सुरेन्द्र पौडेल 

खाडी राष्ट्र कुवेतले त्यहाँ रहेका ४ हजार नेपाली कामदारलाई छिटो स्वदेश फिर्ता लैजान नेपाल सरकारलाई भनेको छ । लामो समयदेखि कुवेतमा अवैध तरिकाले बस्दै आएका ४ हजार नेपालीलाई कुवेत सरकारले छिटोभन्दा छिटो फिर्ता लैजान भनेको हो । कुवेतले फिर्ता गर्न लागेका नेपालीमा आधाभन्दा बढी महिला रहेका छन् ।

‘कुवेतले अवैधरुपमा रहँदै आएका ४ हजार नेपालीलाई तत्काल फिर्ता गर्न चाहेको छ । कुवेतस्थित नेपाली दूतावासमार्फत् नेपाल सरकारलाई आफ्नो सन्देश कुवेतले दिइसकेको छ,’ गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतका अध्यक्ष सुजन केसीले नेपालन्युजलाई जानकारी दिए, ‘फिर्ता हुनेमा आधाभन्दा बढी महिला कामदार छन् ।’

प्रकाशित मिति: : 2020-05-01 08:32:22

प्रतिकृया दिनुहोस्