रसियामा गत २४ घण्टामा ७ हजार ९३३ जनामा कोरोना भाइरस संक्रमण

बिएल संवाददाता

काठमाडाै‌ं

रसियामा गत २४ घण्टामा  ७ हजार ९३३ जना कोरोना भाइरस सक्रमितहरु थपिएका छन् ।  

 यससँगै  शुक्रबारसम्म रसिया कुल संक्रमितको संख्या १ लाख १४ हजार ४३१ पुगेको देशको कोरोना भाइरस परिक्षण केन्द्रले जानकारी दिएको छ । रसियामा कोरोना भाइरसको संक्रमणको कारण १ हजार १६९ को मृत्यु भएको छ । 

 विश्वभरी ३३ लाख भन्दा बढी कोरोना भाइरस संक्रमित भएका छन् भने २ लाख ३४ हजार भन्दाको मृत्यु भएको छ ।

प्रकाशित मिति: : 2020-05-01 17:21:02

प्रतिकृया दिनुहोस्