सेयर बजार खोल्न माग

विनय बञ्जारा

सरकारले बन्दाबन्दी घोषणा गरेपछि तुरुन्तै सेयर बजार बन्द गराउन दवाव दिएका लगानीकर्ताले अब भने खुलाउन दवाव बढाएका छन्। लगानीकर्ताका नाममा खुलेका विभिन्न संघसंस्थाका प्रतिनिधि र ठूला सेयर ब्यापारीले अब बजार खुलाउनुपर्ने भन्दै विभिन्न निकायका अधिकारीसँग छलफल थालेका हुन्।

पछिल्लो समय विदेशी सेयर बजार उच्च गिरावटपछि क्रमशः पुरानै लयमा फर्किन थालेका छन्। कोरोना संक्रमणयता ऐतिहासिक गिरावट भोगेका विश्वका प्रमुख सेयर बजार अहिले २० देखि ५० प्रतिशतसम्म पुनरभरण भइसकेका छन्। यसले नेपाली सेयर ब्यापारीलाई लोभ्याएको एक ब्रोकर बताउँछन्। ‘उतिबेला बन्द गर्नु पर्छ भनेर दवाव दिनेहरू नै अहिलेसम्म ठूलो कमाइ भइसक्ने रहेछ भन्न थालेका छन्’, एक ब्र्रोकर भन्छन्।

प्रकाशित मिति: : 2020-05-03 08:45:33

प्रतिकृया दिनुहोस्