पर्सामा थप एक जनामा कोरोना भाइरस संक्रमण, नेपालमा संक्रमितको संख्या ६० पुग्याे

पर्सामा थप एक जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले जनाएका छन् । 

उनलाई अहिले नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ। आज नयाँ संक्रमित थपिएसँगै नेपालमा ६० जनामा कोरोना भाइरस देखिएको छ। त्यसमध्ये १६ जना निको भएका छन्।

यद्यपी निको भएकामध्ये रौतहटका एक युवाको परीक्षण संकास्पद भएपछि फेरि अस्पताल भर्ना गरिएको छ। उनको पनि आइसोलेशनमा राखेर उपचार भइरहेको छ।

प्रकाशित मिति: : 2020-05-03 16:04:11

प्रतिकृया दिनुहोस्