श्रृंखला खतिवडा भन्छिन्- रातदिन उस्तै भएको छ

लकडाउन डायरी

धेरै भइसकेको थियो श्रृंखला खतिवडाले आफ्नो लागि समय नदिएको। मिस नेपाल भएपछि औपचारिक कार्यक्रमको व्यस्तता, सामाजिक जमघट र लगातार विदेश भ्रमणले घर बस्ने बानी नै हराइसकेको थियो।

लकडाउन सुरू भएपछिको फुर्सदमा उनले ती सबै इच्छा पूरा गर्न पाएकी छन्, जुन आफ्ना लागि साँचेकी थिइन्।

बाहिर हिँडडुल गरिरहने मान्छेलाई एक्कासि घर बस्नुपर्दा अत्यास लागेको छैन? हाम्रो यो प्रश्नमा उनले भनिन्, 'अहँ, म त यो दिनचर्यामा रमाइरहेकी छु। खोइ किन हो मलाई पनि अचम्म लागेको छ।'

उनले अगाडि भनिन्, 'साथीहरू फोन गरेर तँलाई निकै गाह्रो भएको होला है भनेर सोध्छन्। तर मलाई दुई वर्षपछि फेरि आफ्ना लागि समय बिताउन पाउँदा खुसी लागेको छ। सायद मेरो मनले यही खोजिरहेको थियो।'

प्रकाशित मिति: : 2020-05-07 09:14:50

प्रतिकृया दिनुहोस्