मध्यरातमा हात्तीको उपद्रो

मनोहर पोखरेल

हालको अवस्थामा संवैधानिक निकायहरूमा पद खाली छन्। त्यसमा नियुक्तिको विषयलाई लिएर भएका व्यवस्थाहरूमा अध्यादेशद्धारा परिवर्तन गरिएको र पुनस्र्थापित गरिएका विषय ताजै छन्। यो आमरूपमा चर्चाको विषय रहेको छ। यस सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्तिको विषय अझ झन् बढी चर्चाको रूपमा छ। किनभने, यो निकाय निकै शक्तिशाली र प्रत्यक्षरूपमा व्यक्तिगत किसिमले पनि कसैलाई प्रभाव पार्नेसम्मको अधिकारयुक्त निकाय हो।

भ्रष्टाचार विरोधको चेत नेपालको स्थापनाकालदेखि नै शासकहरूमा रहिआएको छ। पृथ्वीनारायण शाहले पनि आफ्ना दिव्य उपदेशहरूमा यो विषयलाई उजागर गरेका छन्। तर, त्यसबेलादेखि अहिलेसम्मको इतिहास केलाएर हेर्ने हो भने पनि भ्रष्टाचार यस देशमा कुनै न कुनैरूपमा रहिरहेको र यसलाई नियन्त्रण गर्न पनि केही प्रयास भइरहेको बुझिन्छ।

प्रकाशित मिति: : 2020-05-08 13:13:02

प्रतिकृया दिनुहोस्