मेसीसहित बार्सिलोनाका खेलाडीहरु व्यक्तिगत प्रशिक्षणमा फर्किए (भिडियाे)

एजेन्सी

काठमाडाै‌ं

लियोनल मेसी र बार्सिलोनाका उनका साथी खेलाडीहरु शुक्रबारदेखि व्यक्तिगत प्रशिक्षणमा फर्किएका छन्।

कोरोना भाइरसको महामारीका कारण बढी प्रभावित हुने मध्ये एक स्पेन सरकारले संक्रमण नियन्त्रणमा आउने क्रम जारी रहेपछि लकडाउन खुकुलो पार्दै लगेको छ।

सोही क्रममा रोकिएको लिग सुरु गर्नका लागि व्यक्तिगत प्रशिक्षण थालिएको हो। लिग आयोजक ला लिगाले खेलाडीहरुमा कोरोना भाइरसको संक्रमण रहे–नरहेको थाहा पाउनका लागि परीक्षण गरेपछि उनीहरु व्यक्तिगत प्रशिक्षणमा फर्किएका छन्।

आउँदो जुनमा बन्द रंगशाला अर्थात दर्शकको उपस्थिति बिना नै ला लिगा फुटबलको यो सिजनका बाँकी खेलहरु गर्ने तयारी छ।

ला लिगा सुरु गर्नका लागि चार चरणका रणनीति छन्। पहिलो चरणमा तालिमका लागि तयारी, त्यसपछि व्यक्तिगत प्रशिक्षण, समूहगत प्रशिक्षण र एकीकृत टिम प्रशिक्षण हुने छ।

त्यसका लागि खेलाडीले व्यक्तिगत प्रशिक्षण सुरु गर्नु भन्दा दुई दिन पहिला परीक्षण गर्नु पर्छ। यस्तै प्रशिक्षणमा सहयोग गर्ने क्लोचिङ्ग स्टाफ र क्लबका कामदारको पनि परीक्षण गरिन्छ। संक्रमण देखिने व्यक्ति र उसको सम्पर्कमा आएका व्यक्ति आइसोलेशनमा बस्नु पर्छ । संक्रमण नदेखिएका खेलाडीले व्यक्तिगत प्रशिक्षण गर्न पाउने छन्।

तेस्रो चरणमा टिमका खेलाडीले ८ जनाको समूहमा बाँडेर प्रशिक्षण गराइने छ। चौथो चरणमा पूर्ण टिमको पूर्ण प्रशिक्षण गर्ने तयारी रहेको छ।

प्रकाशित मिति: : 2020-05-09 06:52:49

प्रतिकृया दिनुहोस्