लकडाउनको ४८ औं दिनमा देखिएको सवारीको चहलपहल (भिडियाे/तस्बिरहरू)

४७ दिनपछि काठमाडौं उपत्यकामा एकाएक बिहानैदेखि चहलपहल देखिएको छ।

कोरोना सम्भावित संक्रमणबाट जोगिन भन्दै सरकारले चैत ११ गतेदेखि जारी राखेको डकडाउन अघिल्लो दिनको तुलनामा आइतबार सडकमा गाडी र मोटरसाइकलको सङख्या ह्वात्तै बढेको छ।

सरकारले शर्त सहित बैंक तथा वित्तीय संस्था, व्यवसाय तथा उद्योगधन्दा सञ्चालन गर्न सहजिकरण गरेपछि मानिसको चहलपहल सडकमा देखिएको हो।

यद्यपी आइतबार बिहान ६ बजेदेखि उपत्यकाभित्र छिर्ने सबै निर्माण सामाग्री बोकेका सवारीलाई रोक लगाइएको छ। मालवाहक सवारीले राति ८ बजेदेखि बिहान ६ बजेसम्म मात्र प्रवेश पाउने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

त्यस्तै, सरकारी कार्यालयका सवारीलाई बिहान ९ बजेदेखि साढे १० बजेसम्म कर्मचारी कार्यालय ल्याउन र दिउँसो ५ बजेदेखि ६ बजेसम्म फर्किन समय निर्धारण गरिएको छ। त्यस्तै बैङ्क तथा वित्तीय संस्थाको लागि भने बिहान साढे ९ बजेदेखि साढे १० बजेसम्म कर्मचारी ल्याउन र फर्किन भने दिउँसो ३ बजेदेखि ५ बजेसम्म समय दिइएको छ।

हेर्नुहोस् तस्बिरमा उपत्यकाको चहलपहल

प्रकाशित मिति: : 2020-05-10 10:45:43

प्रतिकृया दिनुहोस्