विश्व बैंकले पाकिस्तानलाई ५०० करोड ऋण दिने

बिएल संवाददाता

काठमाडाै‌ं

विश्व बैंकले पाकिस्तानलाई ५०० करोड अमेरिकी डलर ऋण दिने भएकाे छ। कोरोना भाइरस महामारीका कारण अर्थतन्त्र डामाडा‍ेल भएकाे पाकिस्तानलाई विश्व बैंकले चार वर्ष पछि ऋण दिन लागेकाे हाे।

अमेरिकी सञ्चार माध्यमका उक्त ऋणा स्वीकृत समेत भइसकेकाे छ।

उक्त रकम पाकिस्तान सरकारले स्वास्थ्य, शिक्षा,महिलाहरूको लागि आर्थिक अवसरहरू सृजना गर्न लगानी गर्ने छ। 

घट्दो आर्थिक आर्थिक सूचकका कारण २०१७ मा पाकिस्तानले मागेकाे ऋण विश्व बैंकले अस्वीकृत गरेकाे थियाे। अब विश्व बैंकले ५०० कराेड दिने घाेषषा गरेकाे छ। यस ऋण पाकिस्तानले आगामी ३० वर्षमा चुक्ता गर्नुपर्ने छ।

प्रकाशित मिति: : 2020-05-24 16:04:15

प्रतिकृया दिनुहोस्