दलित हुनुको पीडा : बेहुला र बेहुली बन्न हिँडेका दुबैको गयो ज्यान

प्रदेश ५ र  आसपासका जिल्लामा  दुई दिन यता यहाँका दलित समुदायका एक  युवा र  एक किशोरीले चरम जातीय विभेदको ज्यादती खेप्दै अकालमा ज्यान गुमाउनु परेको छ । प्रदेश ५ को रुपन्देही र कर्णाली प्रदेशको रुकुम पश्चिममा दलित समुदायका एक युवा  र  एक किशोरीले अन्तरजातीय प्रेम सम्बन्धका कारण  जातीय विभेदको ज्यादतीको शिकार हुनुपरेको हो ।

रुपन्देहीको देवदह नगरपालिका वडा ११ बड्की गुम्बाकी १५ वर्षीया दलित समुदायकी किशोरी  अङ्कारा पासीले बेहुली बनेकै दिन जातीय विभेदको ज्यादती कै कारण झुन्डिएको अवस्थामा मृत भेटिइन भने  उता कर्णाली प्रदेशको जाजरकोटका २० वर्षीय नवराज बिकले पनि जातीय विभेद र अन्तरजातीय प्रेम सम्वन्ध कै कारण भेरी नदीमा मृत फेला पर्नु परेको हो ।

देव दहकी अङ्घिरा पासीले स्थानीय  २२ बर्षीय बिरेन्द्र भर संग प्रेम सम्वन्ध राखेको र जेठ  ९  गते उनीहरुलाई स्थानीयले संगै फेला पारेका थिए ।  त्यस पछि त्यस  वडाका वडाध्यक्ष अमर बहादुर चौधरी लगायतका समाज सेवीले ति किशोरीलाई  प्रेमी भर कै जिम्मा लगाएर घर पठाएका थिए ।

प्रकाशित मिति: : 2020-05-25 20:58:28

प्रतिकृया दिनुहोस्