छोराले चलाएको ट्याक्टर पल्टिँदा बाबुको मृत्यु

सप्तरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

खड्क नगरपालिका ६ चकुवामा तीन पांग्रे पावर ट्रिलर ट्याक्टर पल्टिँदा स्थानीय ७५ बर्षका गुदीलाल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका गुदीलाललाई उपचारका लागि सिरहातर्फ लैजाँदै गर्दा मृत्यु भएको हो । ट्याक्टर उनको छोरा हरि चौधरीले चलाएका थिए।

प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ ।
 

प्रकाशित मिति: : 2020-05-26 15:03:04

प्रतिकृया दिनुहोस्