सरकारको ध्यान नपुगेको बिपन्न बस्तीमा ‘भोर’ संस्थाको सहयोग

पर्साको जिराभवानी गाउँपालिकको पकडी टोलमा बसोबास गर्दै आइरहेका गरिब तथा बिपन्न सुकुम्बासी,  मुसहर (माँझी) तथा झाँगड़ बस्तीमा मंगलबार खाद्यान्न तथा तरकारी राहत स्वरुप वितरण भएको छ।

लकडाउनको २ महिना बितिसक्दा पनि सो समुदायमा अहिलेसम्म गाउँपालिका तथा प्रदेश सरकारलगायत कहीँ कतैबाट राहत वितरण भएको थिएन। जसकारण सो बस्तीमा दैनिक मजदुरी गर्दै आएका ती परीवारमा खानाको अभाव भएको जानकारी पाएपछि अभियन्ता प्रकाश थारूको विशेष पहलमा भोर संस्थाले खाद्यान्न तथा तरकारी वितरण गरेको हो। 

गाउँपालिकाको वडा नम्बर १ मा बसोबास गर्ने करिब ३५ घर परीवारलाई मंगलबार भोर नामक संस्थाले प्रत्येक परिवारलाई चामल २० किलो, दाल २ किलो, खाने तेल १ लिटर , हरियो तरकारी ५ किलो लौका १ पिस, स्वाबिन १ किलो , आलु २ किलो ,प्याज २ किलो, नुन १ किलो र साबुन २ पिस वितरण गरेको अभियन्ता थारुले बिएल नेपाली सेवालाई जानकारी दिए।

दैनिक ज्याला मजदुरी मात्रै गरेर आफ्नो घर परिवारको छाक टार्दै आएका बस्तीमा यत्रो महामारीको समयमा आजसम्म कसैले राहतको नाममा एक चम्चा नून समेत वितरण नगरेको अभिन्ता थारूले दाबी गरे।

यस विपद्को समयमा सरकारले गरीब बिपन्न नागरिकका लागि विशेष राहत प्याकेज ल्याएको छ । तर अहिलेसम्म पकडी टोलामा बसोबास गर्ने मुसहर (माँझी) तथा झाँगड़ बस्तीमा गाउँपालिकालेसमेत राहत वितरण नगर्नु लाजको कुरा भएको भोरका संस्थापक अध्यक्ष राह कुमारले बताए।

उनले यस्तो अवस्थामा दैनिक मजदुरी गरेर छाक टार्ने गरिब नागरीक कोरोना भन्दा भोकमरिको चपेटा पर्ने समस्या देखिएको स्मरण गराए।

सोही गाउँपालिकको वार्ड नम्बर १ मा पर्ने चमरी टोल, बेलटारी तथा वार्ड नं ५ मा पर्ने हरैया, सखुवनीय र शंकर सरैयाको विपन्न बर्गलेसमेत अहिलेसम्म कही कतैबाट राहत नपाएको अभियन्ता थारुले बाताए।

यसैबिच सो वडामा बसोबास गर्ने बिपन्न गरिब बर्गका व्यक्तिलाई खाद्यान्न संकट भएकाले इच्छुक सहयोगी दातालाई राहत सहयोग गर्नसमेत उनले अनुरोध गरेका छन्।

प्रकाशित मिति: : 2020-05-26 17:08:41

प्रतिकृया दिनुहोस्