सबै स्वास्थ्यकर्मीहरुका लागि ५ लाख रुपैयाँसम्मको नि:शुल्क बीमा

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले कोरोना भाइरस रोग तथा अन्य संक्रमक रोगका विरुद्ध खटिने सबै स्वास्थ्यकर्मीहरुका लागि ५ लाख रुपैयाँसम्मको नि:शुल्क बीमा गर्ने भएको छ।

आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना तथा अन्य संक्रमण रोगका विरुद्ध खटिने सबै स्वास्थ्यकर्मीको सरकारले नि:शुल्क बीमा गरिदिने प्रतिबद्धता जनाए।

स्वास्थ्य सेवाको दायरा बढाउने र हालको सेवालाई प्रभावकारी बनाउने सरकारले घोषणा गरेको छ।

प्रकाशित मिति: : 2020-05-28 16:30:54

प्रतिकृया दिनुहोस्