चालु आर्थिक वर्षमा ७० प्रतिशत मात्रै खर्च गरिने

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले चालु आर्थिक वर्षमा ७० प्रतिशत मात्रै खर्च गर्ने भएको छ।  आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा अर्थमन्त्री युवराज खतिवडाले  उक्त अनुमान सार्वजनिक गरेका हुन्।

उनले यो वर्षको बजेटमध्ये १९ खर्ब ७३ अर्ब रुपैयाँ मात्रै खर्च हुने बताएका हुन्। यसमध्ये चालुतर्फ ७३.३ प्रतिशत, पुँजीगततर्फ ५८.८ प्रतिशत र वित्तीयय व्यवस्थातर्फ ७८.८ प्रतिशत खर्च हुने अपेक्षा गरिएको छ।

स्रोततर्फ राजश्व परिचालन ७४.४ प्रतिशत हुनेछ। चालु आर्थिक वर्षमा ८ खर्ब २८ अर्ब राजश्व उठ्ने, ३२ अर्ब वैदेशिक ऋण अनुदान र वैदेशिक ऋण १ खर्ब २१ अर्ब रुपैयाँ तथा आन्तरिक ऋण १ खर्ब १९ अर्ब उठ्ने अनुमान गरिएको छ।
 

प्रकाशित मिति: : 2020-05-28 16:37:11

प्रतिकृया दिनुहोस्