राष्ट्रसेवक कर्मचारीलाई देशदर्शन गर्न प्रोत्साहित गरिने

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले राष्ट्रसेवक कर्मचारी र सं‌गठित क्षेत्रका कर्मचारीलाई देशदर्शन गर्न प्रोत्साहित गरिने भएको छ। 

अर्थमन्त्री डा. युवराज खतिवडाले  पर्यटन प्रवर्द्धनका लागि  हिमाली तथा पहाडी क्षेत्रमा अध्ययन गरि पर्यटक आकर्षण गरिने बताए।

नयाँ पर्यटकीय प्रडक्ट विकास गर्न बजेट बिनियोजन तथा पर्यटनमा कर छुट लगायत सुविधा दिने पनि बजेट भाषणमा भनिएको छ। 

एक प्रदेश एक पर्यटकीय गन्तव्यको स्थापना गरिने पनि जनाइएको छ। त्यसका लागि एक अर्ब २६ करोड रकम विनियोजन भएको छ।

प्रकाशित मिति: : 2020-05-28 17:26:43

प्रतिकृया दिनुहोस्