रेल्वे सेवाका लागि ८ अर्ब ६६ करोड

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले रेल्वेको आधाभूत कामका लागि ८ अर्ब ६६ करोड बजेट छुट्याएको छ ।

आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले पूर्व पश्चिम रेलमार्गको बाँकी भाग सर्भे गर्न, काँकडभित्ता–इनरुवा खण्ड निर्माण थाल्न, रसुवागढी काठमाडौ, रक्सौल काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्न, दक्षिण सिमानबाट इटहरी, बुटवल, कोहलपुर रेल्वे लाइनको निर्माण गर्न, जनकपुर-जयनगर- विजलपुरा खण्डमा रेलसेवा सञ्चालन गर्न र बर्दिबास नीजगढ खण्डको निर्माण सम्पन्न गर्न सो बजेट विनियोज गरिएको जानकारी दिए ।

प्रकाशित मिति: : 2020-05-28 18:24:43

प्रतिकृया दिनुहोस्