पानीको स्रोत सफाइ गर्दै सिथी नखः सम्पन्न

भक्तपुरका नेवार समुदायमा पानीको स्रोत सफा गर्दै सिथी नखः पर्व मनाएका छन्। कोभिड-१९ को सङ्क्रमणका कारण भइरहेको ‘लकडाउन’का बीच पनि आज सिथी नखः पर्व मनाइएको भक्तपुरका संस्कृतिकर्मी ओम धौभडेलले जानकारी दिए। 

'भक्तपुर र मध्यपुरथिमि नगरपालिकाका पुरानो नेवार बस्तीभित्रका पानीका मुहान, इनार, कुवा, पोखरी, ढुुङ्गेधारालगायतका पानीका स्रोत सफा गरेका हौं' उनले भने, 'पानीको महत्व र त्यसको स्रोतको संरक्षण गर्न लिच्छवीकालदेखि शुरु भएको सिथी नखः पर्वसँगै वर्षा शुरु हुने र किसान धान रोपाइँमा व्यस्त हुने मान्यता रहँदै छ।' पानीको स्रोत सफा गरेर चटामारी, बारा, भटमास, अदुवा र आलुको परिकार खाने प्रचलन रहेको उनले बताए। 

प्रकाशित मिति: : 2020-05-28 18:57:57

प्रतिकृया दिनुहोस्