अश्वेत व्यक्तिको हिरासतमै निधन भएको घटनालाई लिएर अमेरिकामा भएको प्रदर्शनले लियो उग्र रुप

बिएल संवाददाता

क्यालिफोर्निया

निहत्था अश्वेत व्यक्तिको हिरासतमै निधन भएको घटनापछि अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलसमा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ।

लगातार दोस्रो दिन शहरको अवस्था तनावग्रस्त बनेको छ। प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। प्रदर्शनकारीले प्रहरीमाथि ढुंगासहितका पत्थर प्रहार गरेका छन्। यस्तै स्थानीय पसलहरुमा लुटपाट समेत भएको छ।

श्वेत प्रहरी अधिकारीले जर्ज फ्लोइड नाम गरेका अश्वेत व्यक्तिलाई पक्राउ गर्ने क्रममा सोमबार बाटोमै उनको घाँटीमा घुँडाले च्यापेको थिए। जर्जले ‘मैले सास फेर्न सकिरहेको छैन’ भनेको भिडियोमा स्पष्ट रुपमा सुनिन्छ।

मिनेसोटा प्रहरीले फ्लोइडको निधन प्रहरी सोधपुछको क्रममा मेडिकल कन्डिसनका कारण भएको बताएको छ। उनी जालसाजीमा संलग्न भएको आशंका थियो।

त्यसपछि मिनियापोलिस प्रहरीका प्रमुख मेडारिया एराडोन्डोले चार श्वेत प्रहरी अधिकारी बर्खास्त गरेका थिए।

तर पनि न्यायको माग गर्दै प्रदर्शन जारी छ। लगातार दुईदिनदेखि प्रदर्शन भइरहेको हो।

प्रहरी ज्यादतीको विरोधमा शिकागो, इलोनाइस, लस एन्जलस, क्यालिफोर्निया र टेनिसीको मेम्फिससहितमा पनि प्रदर्शन भएका छन्।

यता संघीय अनुसन्धान व्यूरो (फबिआई)ले मिनियापोलिस घटनाको छानबिन गर्दै छ।

प्रकाशित मिति: : 2020-05-29 06:50:17

प्रतिकृया दिनुहोस्