अमेरिकामा अश्वेत व्यक्तिको निधन, ज्यादती गर्ने चार श्वेत प्रहरी अधिकारी बर्खास्त

बिएल संवाददाता

न्युयाेर्क

निहत्था अश्वेत व्यक्तिको हत्या गरेको आरोपमा अमेरिकाको मिनेसोटाका चार प्रहरी अधिकारी बर्खास्त भएका छन्।

मिनियापोलिस प्रहरीका प्रमुख मेडारिया एराडोन्डोले चार श्वेत प्रहरी अधिकारी बर्खास्त गरेको जानकारी दिएका हुन्।

हिरासतमा लिइएका अश्वेत व्यक्तिको निधन भएपछि सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ। यो घटना सोमबार बेलुका भएको हो। जसमा श्वेत प्रहरी अधिकारीले ती अश्वेत व्यक्तिलाई भूईँमा लगाएर उनको घाँटीमा घुँडाले थिचेको देखिन्छ।

श्वेत प्रहरी अधिकारीले जर्ज फ्लोइड नाम गरेका अश्वेत व्यक्तिलाई पक्राउ गर्ने क्रममा बाटोमै उनको घाँटीमा घुँडाले च्यापेको हुन्। जर्जले ‘मैले सास फेर्न सकिरहेको छैन’ भनेको भिडियोमा स्पष्ट रुपमा सुनिन्छ।

मिनेसोटा प्रहरीले फ्लोइडको निधन प्रहरी सोधपुछको क्रममा मेडिकल कन्डिसनका कारण भएको बताएको छ। उनी जालसाजीमा संलग्न भएको आशंका थियो।

संघीय अनुसन्धान व्यूरो (फबिआई) ले मिनियापोलिस घटनाको छानबिन गर्ने बताएको छ। 
 

प्रकाशित मिति: : 2020-05-27 07:49:56

प्रतिकृया दिनुहोस्