मृग मारेको आरोपमा १० जना पक्राउ

सल्यानमा रतुवा (मृग) मारेको आरोपमा १० जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा बनगाड कुपिण्डे नगरपालिका(७, का प्रेम रोका, गिमबहादुर थापा, रुद्रबहादुर वली, हेमराज वली, लुटबहादुर बस्नेत, जितबहादु बस्नेत, डम्बर वली, नरबहादुर वली, बेलाराम विक र खड्क खड्का रहेको बताईएको छ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ७, संग्रही खोलाबाट रतुवा मारेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको डिभिजन वन कार्यालय सल्यानका प्रमुख रमेशकुमार गिरीले जानकारी दिए।

नियन्त्रणमा लिएकाहरुलाई स्वास्थय परीक्षण गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखिएको डिभिजन वन प्रमुख गिरीले बताए।

उनीहरुलाई बन्यजन्तु ऐन अनुसार मुद्दा चलाइने डिभिजन वन प्रमुख गिरीको भनाइ छ।

प्रकाशित मिति: : 2020-05-29 16:51:42

प्रतिकृया दिनुहोस्