रहेनन् छत्तीसगढका प्रथम मुख्यमन्त्री अजीत जोगी

बिएल संवाददाता

रायपुर, भारत

भारतको छत्तीसगढका प्रथम मुख्यमन्त्री अजीत जोगीको निधन भएको छ। ७४ वर्षीय जोगीको रायपुरको एक निजी अस्पतालमा ‘‘हार्टअट्याक’’का कारण शुक्रवार दिउँसो मृत्यु भएको उनका छोरा अमित जोगीले ट्विटरमार्फत् जानकारी दिएका छन्।

‘छत्तीसगढ राज्यका २० वर्षीय युवालाई आज उनको बुबाको छायाँले साथ छाड्यो। मैले मात्र होइन छत्तीसगढले आफ्नो बुवा गुमाएका छन्,’उनले लेखेका छन्।

जोगीलाई पहिलो पल्ट घरमा ‘हार्टअट्याक’ भएको थियो। र उनलाई ९ मेमा अस्पतालमा भर्ना गरिएको थियो। त्यसबेलादेखि उनको अवस्था नाजुक रहेको र उनलाई भेन्टिलेटरमा राखिएको थियो। बुधबार राति उनलाई दोस्रो ‘हार्टअट्याक’ भएको थियो।

जोगी एक नाेकरशाह पाले राजनीतिज्ञ थिए। उनी छत्तीसगढका पहिलो मुख्यमन्त्री थिए। उनी नोभेम्बर २००० देखि नोभेम्बर २००३ सम्म तत्कालीन कांग्रेस सरकारमा राज्यका मुख्यमन्त्रीका रुपमा पद सम्हालेका थिए। यद्यपि  २०१६ मा जोगी कांग्रेसबाट अलग भए। पछि उनले कांग्रेस छोडे र जनता कांग्रेस छत्तीसगढ पार्टी बनाएका थिए।

प्रकाशित मिति: : 2020-05-29 18:53:40

प्रतिकृया दिनुहोस्