घाँस झार्ने क्रममा करेन्ट लागेर एक महिलाकाे मृत्यु

करेन्ट लागेर लमजुङमा एक महिलाको मृत्यु भएको छ। दूधपोखरी गाउँपालिका ५, कोल्कीको तस्यो गाउँकी ५४ वर्षीया आशमाया गुरुङको  मृत्यु भएको प्रहरीले बताएको छ। 

जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर ओमप्रकाश पुनले शनिबार घाँस झार्ने क्रममा बिजुलीको तार छुँदा करेन्ट लागेर मृत्यु भएकाे जानकारी दिए।

गाउँले सबै काम गर्न गएको बेला ती महिला घर नजिकैको दुधालु घाँस काट्न रुखमा चढेकी थिइन्।

ती महिलाले रुखसँगै रहेको तारमा अड्किएको घाँस झार्ने क्रममा करेन्ट लागेको प्रहरीले जनाएकाे छ। 

प्रकाशित मिति: : 2020-05-30 21:37:37

प्रतिकृया दिनुहोस्