जातीय अहङ्‍कारले निम्त्याएको रुकुम नरसंहार

बाह्रखरी

काठमाडौँ

अक्षर काका

अधिकारवादी संघ–सङ्गठनले पश्चिम रुकुमको चौरजहारीको नरसंहार जातीय छुवाछूत र अहङ्कारको उपज भएको निष्कर्ष निकालेका छन् । स्थलगत अध्ययन र पीडितहरूको बयानका आधारमा उनीहरू घटना नियोजित भएको निचोडमा पुगेका हुन् ।

गत जेठ १० किशोरी भगाउन छिमेकी गाउँ, भेरी नगरपालिका ४, रानागाउँबाट दलबलसहित युवाको एक समूह सोती गाउँ पुगेको थियो । कथित दलित युवकले माथ्लो जातको केटी भगाउन खोजेको भन्दै गाउँलेहरूले साङ्घातिक आक्रमण गर्दा प्रेमी नवराज विक र उनका पाँच साथी मारिएको अधिकारकर्मीहरूको ठहर छ ।

टनामा केही युवा घाइते छन् । उनीहरूको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले आफैं जमानी बसेर उपचार गराइरहेको बताएको छ ।

घटनास्थलको प्रकृति, पीडित पक्षको भनाइ र प्रहरीको भनाइका आधारमा मृतकहरूलाई हत्यापश्चात् भेरी नदीमा बगाइएको अधिकारवादीहरूले निष्कर्ष निकालेका छन् ।

प्रकाशित मिति: : 2020-05-31 14:54:32

प्रतिकृया दिनुहोस्