स्थानीय तहका 'बेहाल क्वारेन्टाइन' – बस्ने र बसाउनेका दु:ख आ–आफ्नै !

लोकान्तर

काठमाडौँ

गगन अर्याल

कोभिड– १९ का संक्रमित तीब्र गतिमा बढिरहेका छन् । रोजागारीका लागि भारत गएका नेपाली नागरिक स्वदेश भित्रिने क्रम पनि बढ्दो छ 

पछिल्लोसमय बाहिरबाट आएका र संक्रमितको सम्पर्कमा रहेका नागरिकलाई राख्नका लागि क्वारेन्टाइनको व्यवस्था गरिएको छ । 

सरकारले हरेक स्थानीय तहलाई क्वारेन्टाइन बनाएर विदेशबाट आएका र उनीहरूको सम्पर्कमा रहेका मानिसलाई राख्नका लागि जिम्मा दिएको छ । 

त्यसैअनुरूप देशभरका स्थानीय तहले क्वारेन्टाइनको व्यवस्था गरेका छन्, तर स्थानीय तहले बनाएका कतिपय क्वारेन्टाइनको अवस्था निकै दयनीय छ ।

प्रकाशित मिति: : 2020-05-31 15:48:47

प्रतिकृया दिनुहोस्