कर्णालीमा थप ३२ र गण्डकीमा थप ३ जनामा कोरोना पुष्टि

कर्णाली प्रदेशमा सोमबार थप ३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा  थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थपिएका ३२ जनामा मध्ये सल्यानका १० जना, दैलेखका १७ जना र सुर्खेतका ५ जनामा रहेको  सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलले जानकारी दिए।

कँडेलका अनुसार दैलेख नारायण नगरपालिका वडा नं. १, ३, ४, ५, ८ र  १० का १६ जना, महावु गाउँपालिका-३ का एक जना, सल्यान बनगाड कुपिण्डे नजरपालिकाका वडा नं. १, ३, ५, ६, र ७ का १० जना र सुर्खेतको बराहाताल गाउँपालिका वडा नं. १ र १० का पाँचजना पुरुष रहेका छन् । कोरोना संक्रमण देखिनेमा २ वर्षका बालकदेखि ६३ वर्षसम्मका छन् ।

नयाँ पुष्टि भएकाहरुसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १९८ पुगेको छ। यसअघि आइतबार राति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणबाट ४३ जनामा कोरोना पुष्टि भएको थियो।

यस्तै आजै बिहान गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना पुष्टि भएको छ। योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या २७ पुगेको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार सोमबार बिहान नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला, कावासोती नगरपालिकाका २ जना तथा विनयत्रिवेणी गाउँपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो।

कावासोती नगरपालिकास्थित क्वारेन्टाइनमा बसेका बर्ष २२ र ३६ का २ जना पुरुष तथा विनयत्रिवेणी गाउँपालिका ठेगाना भै सोही गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एकजना १४ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो।

प्रकाशित मिति: : 2020-06-01 12:41:26

प्रतिकृया दिनुहोस्