सरकारको निर्णय विपरीत धमाधम बिल पठाउँदै निजी विद्यालय, नतिरे विद्यार्थी निकाल्ने चेतावनी

कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनमा विद्यार्थीलाई जुममार्फत अध्यापन गराएको भन्दै नाम चलेका केही निजी विद्यालयले अभिभावकलाई लाखौं रुपैयाँको बिल पठाएको खुलेको छ । सरकारले निजी विद्यालयले विद्यार्थीलाई जुममार्फत अध्ययन गराउन सक्ने तर त्यसको शुल्क लिन नपाउने निर्णय गरेको छ । 

तर, नाम चलेका प्रिमियर इन्टरनेसनल, निसर्ग बाटिका, युलियन्सलगायतका निजी स्कुलले अनलाइन कक्षा सञ्चालन गरेको भन्दै प्रति बिद्यार्थी एक लाख भन्दा बढीको बिल पठाएको अभिभावकहरुले गुनासो गरेका छन् । 

प्रिमियर इन्टरनेसनलले प्लस टु पढ्ने बिद्यार्थीलाई भर्ना फी बापत बार्षिक २४ हजार ८ सय ३५ रुपैयाँ, लाइब्र्रेरी फी १६ हजार ५ सय, स्टेशनरी ३८ हजार ७ सय २०, ट्युसन फी ३७ हजार रुपैयाँको बिल पठाएको एक अभिभबकले क्यापिटल नेपाललाई जानकारी दिए । उनले भने ‘मेरी छोरी प्रिमियर स्कुलमा अध्ययनरत छिन् । तर, अनलाईन क्लास शुरु गरेको भन्दै १ लाख ३७ हजार बराबरको बिल पठाएको छ ।’

प्रकाशित मिति: : 2020-06-01 13:49:58

प्रतिकृया दिनुहोस्