नारायणी अस्पतालको पोषण पुनर्थापना गृहलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग

‘नेपाल राईट टु स्टडी’ नामक संस्थाले वीरगन्जको नारायणी अस्पतालमा सञ्चालित पोषण पुनर्थापन गृहलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग प्रदान गरको छ। काठमाडौंको लाजिम्पाटमा रहेको सो संस्थाले नारायणीको पुनस्र्थापन गृहमा रहेका कुपोषित बालबालिकाहरुको रेखदेखमा खटिएका चिकित्सक तथा बालबालिहरुमा कोरोनाको संक्रमण फैलन नदिन स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष पुरन डंगोलले बताए ।

कर्मचारीको सुरक्षार्था पि.पि.ई.सेट १० थान, एन ९५ मास्क ५० थान, सर्जिकल मास्क ५ हजार थान, थर्मल गन १० थान तथा भाईजर १२५ थाने सामाग्री सहयोग स्वरुप प्रदान गरेको गृहकी प्रवन्धक सरीता यादवले बताइन्।

बारा पर्सालगायत आसपासका जिल्लामा रहेका कुपोषित बालबालिकाको रेखदेखका लागि अहिले कोरोनाको संक्रमणकालमा पनि नारायणीको  पोषण पुनस्र्थापन गृह निरन्तर लागिपरेको हुँदा उनीहरुको सुरक्षार्थ सम्पूर्ण स्वास्थ्य सुरक्षा सामग्री सहयोग स्वरूप वितरण गरेको अध्यक्ष डंगोलले बताए।

‘कोरोनाको संक्रमण वीरगन्जमा पनि फैलिएपछि नारायणी अस्पताल अन्तर्गत रहेका पोषण पुनस्र्थापन गृहमा कार्यरत कर्मचारी सुरक्षीत तरीकाले काम गर्न पाउन भन्ने उद्देश्यका सो सुरक्षा सामग्री प्रदान गराएको छौ,’ उनले भने।

प्रकाशित मिति: : 2020-06-02 16:04:29

प्रतिकृया दिनुहोस्