कोभिड-१९ : स्वास्थ्य सुरक्षा सामग्री सहयोग

सुरक्षित गर्भपतन सेवा दिँदै आएका गोरखाका १५ वटा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमबाट सुरक्षित रहन आवश्यक स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको छ।

 आइपास नेपालको सहयोगमा जिल्लाभित्रका विभिन्न गाउँपालिकामा सञ्चालित स्वास्थ्य संस्थालाई जिल्ला समन्वय समितिमार्फत सहयोग प्रदान गरिएको  समितिका प्रवक्ता मानप्रसाद धितालले जानकारी दिए। 

जिल्लाको पालुङटार नगरपालिकाअन्तर्गत रहेका तीनवटा स्वास्थ्य केन्द्र, गण्डकी गाउँपालिकाअन्तर्गत रहेका तीनवटा स्वास्थ्य केन्द्रलाई उपलब्ध गराइएको उनले बताए। 

त्यस्तै चुमनुब्री गाउँपालिकाको एक स्वास्थ्य केन्द्र, धार्चे गाउँपालिकाअन्तर्गत दुई स्वास्थ्य केन्द्र, आरुघाट गाउँपालिकाअन्तर्गत एक स्वास्थ्य केन्द्र, बारपाक सुलिकोट गाउँपालिकाअन्तर्गत एक स्वास्थ्य केन्द्र, भीमसेनथापा गाउँपालिकाअन्तर्गत स्वास्थ्य केन्द्र, अजिरकोट गाउँपालिका एक स्वास्थ्य केन्द्र, शहीदलखन गाउँपालिकाअन्तर्गत एक स्वास्थ्य केन्द्रसहित १५ वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको उनको भनाइ छ। 

ती सामग्रीमा सर्जिकल केएन ९५ मास्क, स्यानिटाइजर, पञ्जालगायत कोभिड–१९ सङ्क्रमणको जोखिमबाट सुरक्षित हुनेखालका स्वास्थ्य सामग्रीका साथै प्रजनन स्वास्थ्यसम्बन्धी औषधिजन्य सामग्रीसमेत रहेका छन्।  सो सस्थाले जिल्ला अस्पताललाई पनि पिपिइ, एयर पर्फु एप्रोन, सर्जिकल गगल्स, केएन ९५ मास्कलगायत स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो। 
 

प्रकाशित मिति: : 2020-06-02 18:14:41

प्रतिकृया दिनुहोस्