कांग्रेसका आठ सांसदले दर्ता गराए संविधान संशोधनको विधेयक

बिएल संवाददाता

काठमाडाै‌ं

कांग्रेसका आठ सांसदहरुले संविधान संशोधनको विधेयक दर्ता गराएका छन्। राजपा र समाजवादीले संशोधन दर्ता गराएपछि तराई/मधेसकै भूभागबाट प्रतिनिधित्व गर्ने कांग्रेस सांसदहरुले संशोधन दर्ता गराएका हुन्। 

संशोधन दर्ता गराउने सांसदहरु प्रदीप गिरी, उमाकान्त चौधरी, अमरेशकुमार सिंह, तेजुलाल चौधरी, चित्रलेखा यादव , अभिशेकप्रताप शाह, नमिता चौधरी र पद्मनारण चौधरी रहेका छन्।

उनीहरुले पार्टी केन्द्रीय कार्यसमितिको निर्णय अनुसार संशोधन हालेको बताएका छन्। 

यसअघि कांग्रेसले प्रदेशको सीमाना हेरफोर, नागरिकता, भाषा र राष्ट्रिय सभाको प्रतिनिधित्वको बिषयमा संशोधन हालेको थियो। अहिले संशोधनमा ती सबै बिषय हूबहु राखिएका छन्।  उनीहरुले तत्कालीन कांग्रेस नेतृत्वकै सरकारले अघि बढाएको विधेयकमा उल्लेखित बिषयभन्दा फरक समानुपातिक समावेशीको बिषय थपेका छन्। 
 
यता संविधानमा समावेशी प्रतिनिधित्वको व्यवस्था मात्रै रहेकोमा संशोधनमा समानुपातिक शब्द थप गरिएको छ। 
 

प्रकाशित मिति: : 2020-06-02 19:38:29

प्रतिकृया दिनुहोस्