अभिनेत्री मनीषा कोइराला नेपालमा

बेलहिया नाका हुदै स्वदेश भित्रिदै अभिनेत्री मनिषा कोइराला । तस्बिर : अन्नपूर्ण पोष्ट

चलचित्र अभिनेत्री मनीषा कोइराला रुपन्देहीको सीमानाका भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गरेकी छिन्। उनीसँंगै निजी गाडीमा परिवारका सदस्यसमेत रहेका छन्।

भारतीय भूमिबाट नेपाल प्रवेश गर्नु पहिले सीमामा स्वास्थ्यकर्मीले अभिनेत्री कोइराला र  उनको परिवारको स्वास्थ्य परीक्षण गरेका थिए। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भने, ‘उहाँ बेलहिया नाकाबाट नेपाल आउनुभएको जानकारी पाएको हुँ, तर कहाँ बस्नुभएको छ भन्ने जानकारी छैन।’ 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले पनि कोइराला परिवार नेपाल प्रवेश गरेको पुष्टि गरे। 

नेपाल–भारत सीमा विवाद चलेका वेला नेपाली राष्ट्रियताका पक्षमा सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिले नेपालमा उनको प्रशंसा भइरहेको छ। कोइरालाले भारत र नेपाली चलचित्रमा दशकौँदेखि अभिनय गर्दै आएकी छिन्। 

प्रकाशित मिति: : 2020-06-02 23:27:06

प्रतिकृया दिनुहोस्