छोरीलाई रुखमा बाँधेर बलत्कार गर्ने बुबा पक्राउ

ईलाका प्रहरी कार्यालय कैलाली, फल्टुडेले आफ्नै छोरी बलत्कार गरेको आरोपमा बुबालाई पक्राउ गरेको छ ।

कैलालीको चुरे गाउँपालिका ५ भासु बजारमा बस्दै आएको ४५ वर्षीय गणेश औजीलाई गएराती साढे १० बजेतिर सहजपुरको जंगलबाट भागिरहेको अवस्थामा पक्राउ गरिएको हो।

१३ वर्षीय जेठी छोरीलाई बलात्कार गरेको आरोपमा गत जेठ १७ गते राती प्रहरीमा उजुरी परेपछि उनी फरार भएका थिए । 

३ रात ३ दिनको प्रहरीको अथक खोजीले तेस्रो दिन सहजपुर जंगलबाट भागिरहेको अवस्थामा ईलाका प्रहरी प्रमुख ईन्सपेक्टर माधव बिश्वकर्माको टोलीले घेराहाली पक्राउ गरिएको हो । 

पीडितका अनुसार गणेशले भासु जंगलकाे रुखमा हात खुट्टा बाँधेर र घरमैसमेत बलत्कार गरेका छन्। उजुरीमा बालिकाले कसैलाई खबर गरेमा मार्ने धम्कि समेत दिँदै आएको उल्लेख छ । 

बालिकाका अनुसार यस्तै हर्कतका कारण गणेशलाई कुनै पनि ठाउँबाट २/३ महिना पछि स्थानियले धपाउने गरेका थिए । उनलाई थप कानुनी कारबाहीका लागि जिप्रका कैलाली पठाउने ईन्सपेक्टर बिश्वकर्माले बताए।

प्रकाशित मिति: : 2020-06-03 09:30:20

प्रतिकृया दिनुहोस्