बारामा थप ७ जनामा कोरोना पुष्टि, कुल संक्रमित ७० पुगे

बाराको आदर्शकोतवाल गाउँपालिकामा थप ७ जनामा कोरो संक्रमण पुष्टि भएको छ। क्वारेन्टाइनमा रहेको सात जनामा बिहिबार बिहान कोरोना पोजेटिभ पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डितले जानकारी दिए। पालिकाको वार्ड नम्वर ४ मा १२ र २३ वर्षका दुई वार्ड नम्वर ५ मा २८र ३० वर्षका दुई तथा वार्ड नम्वर ८ मा १८, २०, ३० वर्षका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

संक्रमितमध्ये १ जना महिला र ६ पुरूष भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाराले जनाएको छ।

जेष्ठ १४ गते ५४ जनामा पिसिआर चेक गरेकोमा उनीहरुमा कोरोना पुष्टि भएको हो। भारतको बिभिन्न ठाँउबाट रोजगारीको सिलसिलाबाट नेपाल फर्केका थिए।

अहिले उनीहरुको आर्दश कोतवाल गाँउपालिका वडा नम्बर १ स्थित रहेको श्री रामचरित्र माबिको आईसोलेसनमा राखी उपचार भईरहेको प्रहरी प्रवक्ता गौतम मिश्राले जानकारी दिए। सातै जनाको स्वास्थ्य अवस्था समान्य रहेको उनले बताए ।

प्रकाशित मिति: : 2020-06-04 10:51:25

प्रतिकृया दिनुहोस्