कञ्चनपुरमा ‘होम क्वारेन्टाइन’मा बस्न सकिने कार्यविधि तयार

कञ्चनपुरमा भारतबाट फर्किने नेपालीको चाप बढेपछि ‘होम क्वारेन्टाइन’मा बस्न सकिने कार्यविधि तयार गरिएको छ ।

बिहीबार महेन्द्रनगरमा बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको बैठकले होम क्वारेन्टाइनमा बस्न सकिने कार्यविधि पारित गरेको हो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले क्वारेन्टाइनमा भीड बढेपछि व्यवस्थापनका लागि होम क्वारेन्टाइनको व्यवस्था गरिएको बताए । होम क्वारेन्टाइनको अवधि २१ दिनको हुनेछ ।

प्रकाशित मिति: : 2020-06-04 14:26:08

प्रतिकृया दिनुहोस्