सरकार स्वास्थ्य संकटकालको घोषणामा जुट्यो

सरकारले स्वास्थ्य संकटकालको घोषणा गर्ने तयारी थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल घोषणा गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाएसँगै सरकारले संकटकालको घोषणा गर्न लागेको हो।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्य संकटकाल घोषणाका लागि क्याबिनेटमा प्रस्ताव पठाइएको जानारी दिए। सम्भवत आजै क्याबिनेटले प्रस्ताव स्वीकृत हुनेछ । 

यसैबीच संक्रामक रोग ऐन २०२० अनुसार स्वास्थ्य संकटकाल घोषणा गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास बिहिबार दिउँसोको नियमित प्रेस ब्रिफीङमासमेत जानकारी गराएका थिए।

कोरोना भाइरसका संक्रमित २ हजार भन्दा बढी भएमा संकटकाल घोषणा गर्ने तयारी स्वास्थ्य मन्त्रालयले यसअघि नै गरिसकेको थियो ।

संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेलगत्तै मन्त्रालयले संकटकाल घोषणाको तयारी थालेको जनाएको हो। 
 

प्रकाशित मिति: : 2020-06-04 17:09:52

प्रतिकृया दिनुहोस्