लकडाउन खुकुलो पार्ने मोडालिटी दुई दिनभित्र पेश गर्न उच्चस्तरीय समितिलाई निर्देशन

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले लकडाउन खुकुलो पार्ने मोडालिटी दुई दिनभित्र पेश गर्न कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई जिम्मा दिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार रातिसम्म चलेको बैठकमा लकडाउन खुकुलो बनाउने मोडालिटी दुई दिनभित्र पेश गर्न उच्चस्तरीय समितिलाई जिम्मा दिएको एक मन्त्रीले बताए।  उनका अनुसार समितिले बनाएको कार्ययोजनाका आधारमा मन्त्रिपरिषद्ले थप निर्णय गर्ने छ।

सरकारले पछिल्लो पटक आगामी जेठ ३२ गतेसम्म लकडाउन घोषणा गरेको छ। चैत ११ यता लगातारको लकडाउनले सर्वसाधारणको जनजीवन प्रभावित हुनुका साथै आर्थिक गतिविधिमा समेत असर गरेकाले यसको मोडालिटी परिवर्तन गर्न चौतर्फी दवाव सरकारमाथि छ। 

यता केही दिनयता व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्न दिन माग गर्दै नदिए अवज्ञा गर्ने चेतावनी दिएपछि यस विषयमा मन्त्रिपरिषद बैठकमा छलफल भएको हो। यसै विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ विज्ञहरुसँग ५ घण्टा परामर्श गरेका थिए। 

प्रकाशित मिति: : 2020-06-04 20:38:04

प्रतिकृया दिनुहोस्