‘अपरिपक्व नेतृत्वको दुष्परिणाम अमेरिकाले भोग्दैछ’

रातोपाटी

काठमाडौँ

मिनेसोटा राज्यको मिनियापोलिसमा अश्वेत नागरिक जर्ज फ्लोइडको गैर न्यायिक हत्या भएपछि अमेरिकाभर आन्दोलनको आगो सल्किएको छ । एक प्रहरी अधिकारीले फ्लोइडको घाँटीमा घुडाँले टेकेको भिडियो भाइरल भएपछि अश्वेत नागरिकमाथि हुने गरेको विभेदविरुद्ध यो आन्दोलन उठेको थियो । यस भिडियोमा ४६ वर्षका फ्लोइड ‘मलाइ सास फेर्न गाह्रो भयो’ भन्ने कराइरहेका छन् र यसका बाबजुद प्रहरीले घुँडाले घाँटीमा थिचिरहेका छन् । झन्डै ७ मिनेटसम्म यी व्यक्तिको घाँटी थिचिएको थियो र यहीकारण उनको मृत्यु भयो । हत्या संलग्न प्रहरी अधिकारी बर्खास्तीमा परेका छन् र उनीविरुद्ध आपराधिक तथा नरसंहारको मुद्दा चलिरहेको छ । तर आन्दोलन रोकिएको छैन ।

अश्वेतमाथि सदियौंदेखि भइरहेको अत्याचार र अन्यायविरुद्ध अहिले सबै अमेरिकीहरु प्रदर्शनमा छन् ।  कोभीड–१९ महामारी फैलिरहेका बेला भएको यो ठूलो आन्दोलनका कारण अमेरिका निकै अस्थिर अवस्थामा छ र राष्ट्रपति डोनाल्ड ट्रम्पले आन्दोलन नियन्त्रणका लागि ‘सेना परिचालन’ गर्नेसम्मको धम्की दिएका छन् । तर विज्ञहरुको बुझाईमा ट्रम्प आफैंले अमेरिकामा नश्लीय चिन्तन फैलाएका छन् । एकता नभएर विभाजनलाई मलजल गरेका छन् र इतिहासकै कठिन अवस्थामा अमेरिकालाई राम्रो नेतृत्व दिन चुकेका छन् ।

प्रकाशित मिति: : 2020-06-04 21:20:05

प्रतिकृया दिनुहोस्