राैतहटमा भोलिदेखि व्यवसाय संचालन गर्न दिइने, नियम मिचे कार्वाही गरिने

लगातार लकडाउनको कारण ब्यापारी र उपभोक्ता दुबै पक्षलाई भइरहेको कठिनाइलाई मध्यनजर गर्दै भोलिदेखि व्यापार व्यवसाय संचालन गर्न दिइने भएकाे छ।

कोभिड १९ अर्थात कोरोना भाइरसको जोखिमलाई समेत ख्याल गरी केही सर्त र नियमको परिधी भित्र रहेर रौतहटको सबै बजारमा व्यापार व्यवसाय संचालन गर्नदिने स्थानिय प्रशासनले बिहिवार निर्णय गरेको हो ।

जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा सिडिओ बासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकले औषधी पसल २४औं घन्टा खुल्ने ,बैंक तथा बित्तिय संस्था दैनिक बिहान ११ बजेदेखी दिउसो २ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय गरिएको बैठकमा सहभागी रौतहट प्रहरी प्रमुख एसपी रबीराज खडकाले बताए।

त्यसैगरी खाद्यन्न,किराना,तथा गैर खाद्य पसल एक एकदिन बिराएर आलोपालो बिहान १० बजेदेखी बेलुकी ५ बजेसम्म खोल्ने निर्णय गरिएको छ।

तर पसल व्यवसाय सञ्चालन गर्न सेवाप्रवाह अथवा मालसामान खरीद बिक्री गर्ने क्रममा संक्रमणको जोखिम हुन नदिन भिडभाड हुुन नदिने, कम्तीमा ३ फिटको दुरी राख्ने,लाईन ब्यवस्था गर्ने जिम्मेवारी सञ्चालक तथा सेवा प्रदायक संस्थाको हुने जिल्ला प्रशासन कार्यालय रौतहटले जारी गरेको सुचनामा उल्लेख रहेको छ ।

यता व्यवसायी तथा ग्राहकले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने,बैंक बितिय संस्थामा सेनिटाईजर र हातधुन साबुन पानीको अनिवार्य गर्नु पर्नेछ ।

व्यवसाय संचालन तथा मालसामान खरीद गर्न जाँदा सवारी साधनको प्रयोग गर्न नपाउने,बैंक बितिय संस्था तथा औषधीपसल जस्ता अति आवश्यक सेवा सञ्चालन गर्न सवारी साधनको प्रयोग गर्नुपरेमा शहर भन्दा बाहिर तोकिएको स्थानमा पार्किंग गर्ने स्थानिय प्रशासनले निर्णय गरेको छ ।

रौतहट उधोग बाणिज्य संघले व्यवसायीहरुको संलग्नतामा एउटा मापदण्ड कार्वान्यन गर्न गराउन अनुगमन टोली बनाई अनुगमन गर्नेछ ।

कोभिड १९ संकट ब्यवस्थापन केन्द्र वा जिल्ला सुरक्षा समितिले अनुगमन गर्दा नियम मिचेको पाइएमा सेवा तथा व्यापार बन्द गराई संक्रमण रोग ऐन २०२० तथा प्रचलित कानुन बमोजिम कडा कार्वाही गरिने जनाइएको छ।

प्रकाशित मिति: : 2020-06-04 22:48:03

प्रतिकृया दिनुहोस्